काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएकाे दाबी दाेहाेर्याएका छन् । पाेखरामा प्रेस चाैतारीकाे महाधिवेसनलाई सम्बाेधन गर्दै उनले भने, `रामका बा ठाेरीका हुन् । माडी र ठाेरीकाे बीचमा जन्मिएका हुन् । उनले मेसाेपाेटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनकाे नाम नेगीबाट दशरथ बन्याे ।´
उनले अहिलेकाे युगमा राम राज्यकाे व्याख्या गरेर खासै स्वभाविक नहुने बताए । 'सत्ययुगकाे व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चाेरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पाे चाेर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पाे फुटाउने,´ उनले भने, 'राम राज्य कस्ताे थियाे ? कसैलाई थाहा छैन ।´
सत्ययुग, त्रेतायुग, द्वापर युग कस्ताे न थियाे भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे । `रावणकाे पालामा जुत्ता चप्पल बनेकाे थिएन । लक्षमणले रामकाे खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए,´ ओली भन्छन्, `कपडा बनिसकेकाे थिएन । अरु सबै हाेहल्ला हुन् । तर, आज हामी विकासकाे शिखरमा छाैं । पृथ्वीकाे सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छाैं ।´
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ फागुन २०७८, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्रेक लागिरहेका कामलाई सरकारले ‘थ्रु’ गरिरहेको छ : प्रधानमन्त्री ओली
देशको अर्थतन्त्रमा राजनीतिक अस्थिरताले प्रतिकुल असर पारेको छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीबाट सहिद स्मारक र सहिद गेटमा पुष्पहार अर्पण
प्रधानमन्त्री ओलीको दाबी : कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु
प्रधानमन्त्रीको गुनासो : सामान्य रुघाखोकी लाग्दा पनि अक्सिजन माक्स लगाएको तस्बिर देखाइयो
सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रु गर्दै ओलीले भने - शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन