संखुवासभा बस दुर्घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

सफल खबर संवाददाता

विहीबार, २६ फागुन २०७८, १७ : ०७
संखुवासभा बस दुर्घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । संखुवासभा मादी-६मा बिहीबार बिहान १४ जनाको ज्यान जाने गरी भएको घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । 

१४ जनाको मृत्यु र पाँच जना घाइते हुने गरी भएको सो घटनाप्रति दुःख व्यक्त गर्दै एमालेले आफ्नो पार्टी स्तब्ध र मर्माहत भएको जनाएको छ । 

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बिहीबार अपरान्ह विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गरेका हुन् । सो घटनामा परि ज्यान गुमाएप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एमालेले घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेको छ । 

प्रतिक्रिया दिनुहोस