काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनको आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको प्रसंशा गरेका छन् । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मंगलबार एक शुभकामना दिँदै प्रचण्डले आजको दिन विश्वभरका महिलाहरुको मात्र नभई सिंगो मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् ।
‘मानव समुदायका सबै सामाजिक र राजनैतिक परिवर्तन र संघर्षमा महिला समुदायको सक्रिय सहभागिता र भूमिकाले नै विश्व सभ्यता यहाँसम्म आइपुगेको हो’, प्रचण्डले भनेका छन्, ‘नेपाली सामाजिक र राजनैतिक रुपान्तरणका लागि नेपाली महिलाहरुले युगौंदेखि त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेका छन् ।’
उनले महिलाहरुको बलिदानीपूर्ण संघर्षका कारण जनयुद्धमा बनेका साहस र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेको पनि उल्लेख गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुक्तिकामी महिलाहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायू सहित उत्तरोत्तर प्रगतिको कामना शुभकामनासन्देशमार्फत गरेका छन् ।
यस्तै प्रचण्डले वर्तमान संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएको पनि उल्लेख गरेका छन् । प्रचण्डले २१ औं शताब्दीमा पनि महिलामाथि हुने सबैप्रकारका हिंसा र उत्पीडनलाई निर्मूल गरी समानता र न्यायका लागि संवैधानिक, कानूनी र व्यवहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि संघर्षरत रहन समेत अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड
वर्षमानलाई लिएर किन तेह्रथुम जाँदैछन प्रचण्ड ?
हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड
०८४ मा माओवादीले बहुमत ल्याउँछ, अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक: प्रचण्ड