एजेन्सी । सिरियामा विद्युतीय धरापमा पारेर यहाँका कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको बताइएको छ ।सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय धरापमा पारिएको थियो ।
बस विद्युतीय धरापमा परेपछि त्यस बसमा रहेका १३ जना सैनिकको घटनास्थलमै ज्यान गएको बताइएको छ ।त्यस दुर्घटनामा परेर अरु कम्तीमा पनि १८ जना सैनिक घाइते भएका छन् । घाइतेको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ ।
सो हमला कसले र किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान थालिएको जनाएको छ । पछिल्लो समयमा यहाँ सुरक्षाकर्मीमाथि नै आतंककारीहरुले हमला गर्ने क्रम नरोकिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २३ फागुन २०७८, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलद्वारा सिरियामा हवाई हमला, १६ जनाको मृत्यु