काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताएका छन् ।
‘राप्रपा वैकल्पिक शक्तिको रुपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’ डा लोहनीले राप्रपाको केन्द्रीय कार्य समितिको वैठकलाई बिहीबार सम्बोधन गर्दै भने ।
‘कांग्रेस, एमाले र माओवादीको छलछाम र कामबाट वाक्क भएर राप्रपालाई जनताले आशाका साथ हेरीरहेका छन् । राष्ट्रवादी, प्रजातान्त्रिक छवी भएको राप्रपाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएका छन्,’ राप्रपा नेता लोहनीले भने ।
‘यो लहर, लहरले दिएको शक्ति सदा उपलब्ध नहुन सक्छ । त्यसकारण समयले दिएको शक्तिलाई साथ लिएर यसभन्दा माथि उठ्ने प्रयास गर्नु पर्दछ । यो अवस्था आन्तरिक सुक्षबुझ, एकता र आन्तरिक व्यवस्थापनबाट प्राप्त हुन्छ,’ उनले भने ।
‘विधान र प्रक्रियाले दिएको शक्तिबाट अघि बढ्नुपर्छ ।’लोहनीले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा पूर्ण तयारीका साथ लाग्न निर्देशन दिए । ‘वातावरण हाम्रो पक्षमा छ,’ उनले भने ।राप्रपाको केन्द्रीय कार्य समितिको वैठक फागुन १८ र १९ गते काठमाडौंमा सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ फागुन २०७८, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेः डा लोहनी
देश आर्थिकरुपले संकटमा जाने अवस्थामा छ : डा. प्रकाशचन्द्र लोहनी