बी’ डिभिजन लिग: सरस्वतीको पुनरागमन जित

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १५ : १३
बी’ डिभिजन लिग: सरस्वतीको पुनरागमन जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन अन्तर्गत बुधबारको दोस्रो खेलमा सरस्वती युथ क्लबले जित हात पारेको छ ।सरस्वतीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै बाँसबारी क्लबलाई ३-१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

खेलको छैटौं मिनेटमा विकी राईको गोलमार्फत् बाँसबारीले अग्रता लिएको थियो । २० औं मिनेटमा विक्रम बिसुन्खेले सरस्वतीलाई १(१ को बराबरीमा ल्याए ।८६ औं मिनेटमा सृजन लामाले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए । थप गरिएको समयमा भुपेन्द्र शाहीले गोल गरेपछि सरस्वतीले ३-१ को सहज जित हात पारेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबमाथि ३-१ कै जित हात पारेको थियो । १४ टोलीको सहभागिता रहेको लिगका शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुँदा पुछारका दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् ।   

प्रतिक्रिया दिनुहोस