आठ दलीय मोर्चाद्वारा संघर्षका कार्यक्रम घाेषणा

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १५ : १०
आठ दलीय मोर्चाद्वारा संघर्षका कार्यक्रम घाेषणा

काठमाडौं । विभिन्न ६ कम्युनिष्ट राजनीतिक दल र दुई मोर्चाले फागुन २० गतेदेखि चैत ६ गतेसम्म संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।मंगलबार काठमाडौंको बुद्धनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा बसेको आठ संगठनको बैठकले एमसीसी पारित भएको विरोधमा प्रर्दशनको कार्यक्रम घोषणा गरेको हो ।

२० गते देशभर विरोध सभाबाट सुरु हुने कार्यक्रम बुद्धिजिबी, विद्यार्थी, किसान, श्रमिक र मजदुरले गर्ने विरोध प्रदर्शनसँगै चैत ६ गते पुनः विरोध सभा गर्दै अन्त्य हुनेछ ।संगठनहरूले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै अमेरिकी साम्राज्यवादको कानून लागू गराएको जनाएको छ ।

साथै उनीहरूले एमसीसी अनुमोदन गर्न सघाउने राजनीतिक दलसँगै वेल घेरेर मौन बस्ने विपक्षी एमालेले पनि देशमाथि गद्दारी गरेको आरोप लगाएका छन् ।संघर्षका कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा (माओवादी समाजवादी) सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस