महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले लिए सपथ

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १४ : २७
महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले लिए सपथ

काठमाडौँ ।  महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन्।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाले अध्यक्ष उपाध्यायलाई पद तथा गोपनियताको सपथ गराएकी हुन्।

सञ्चालक समितिको ५१८ औं बैठकले उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो।

त्यस्तै बैंकको सञ्चालक समितिको ५१९ औं बैठकबाट सञ्चालक पदमा सञ्जय गिरी, दीपककुमार रौनियार, श्यामसुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष उपाध्यायले पद तथा गोपनियताको सपथ गराएका थिए।

बैंकको बीसौं वार्षिक साधारणसभाबाट संस्थापक समूह क बाट राजेश उपाध्याय, सञ्जय गिरी र दीपककुमार रौनियार तथा सर्वसाधारण समूह ख बाट श्यामसुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल सञ्चालक पदमा निर्वाचित भएका थिए। 

प्रतिक्रिया दिनुहोस