बराबरीमा रोकिए मिलान र इन्टर

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १२ : ४५
बराबरीमा रोकिए मिलान र इन्टर

काठमाडौं । एसी मिलान र इन्टर मिलानले कोपा इटालियाको फाइनलको पहिलो लेगमा गोलरहित बराबरी खेलेका छन् । 

एसी मिलानले थियो हर्नान्डेज र राफायल लिओले गोलका प्रयास गरे पनि थियो प्रहार पोष्टभन्दा बाहिरिएको थियो भने राफायलको प्रयासलाई गोलकपिर समिर ह्यान्डानोविचले बचाउ गरेका छन् ।

अब दोस्रो लेग २० अप्रिलमा सान सिरोमा हुनेछ । सान सिरो दुवै टोलीको घरेलु मैदान हो ।

प्रतिक्रिया दिनुहोस