२० क्षेत्रको नतिजामा कांग्रेस दुई स्थानमा मात्र विजयी

शुक्रबार, २२ मंसिर २०७४, १६ : १९
२० क्षेत्रको नतिजामा कांग्रेस दुई स्थानमा मात्र विजयी

काठमाडौं,मंसिर २२ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको हालसम्म कांग्रेसले दुई स्थानमा मात्र जित हासिल गरेको छ । घोषित २० क्षेत्रको नतिजामा रसुवाको प्रदेशसभा ‘क’ मा जित हासिल गरेसँगै नेपाली कांग्रेसले दुई स्थानमा सिट पक्का गरेको हो ।

लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रभात लामा रसुवा क बाट विजयी भएका छन्। वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार कर्न्याल लामालाई उनले एक हजार ८ सय २४ मतान्तरले पराजित गरेका हुन्। यसअघि हिमाली जिल्ला मनाङबाट कांग्रेसले खाता खोलेको थियो। मनाङको प्रदेशसभा क बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई पराजित गर्दै कांग्रेसका चिन्तबहादुर घलेले जित हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस