एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १२ : १४
एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट

काठमाडौँ  । एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच एक सहमति भएको छ। बैंकका कार्डबाहक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेयपदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो।

सम्झौतासम्बन्धी एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका थिए।बैंकले ११३ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४६ एटीएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्कमार्फत अन्तर्राष्ट्रियस्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।  

प्रतिक्रिया दिनुहोस