रिद्धि सिद्धि सिमेन्टद्वारा नयाँ वर्ष २०७९ लक्षित उपहार योजना सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १२ : ०६
रिद्धि सिद्धि सिमेन्टद्वारा नयाँ वर्ष २०७९ लक्षित उपहार योजना सार्वजनिक

काठमाडौँ ।  रिद्धि सिद्धि सिमेन्टले आफ्नो उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ विभिन्न स्थानमा कन्ट्रयाक्टर मिट ९ठेकेदार सम्मेलन० गरेको छ। कम्पनीले फागुन १३ गते चन्द्रागिरी, १४ गते भक्तपुर तथा ललितपुर र १५ गते बनेपामा ठेकेदार सम्मेलन सम्पन्न गरेको हो।

देशका अन्य स्थानमा कन्ट्रयाक्टर मिट सम्पन्न गरिसकेको कम्पनीले आफ्नो ४३ ग्रेडको ओपीसी सिमेन्टमा केन्द्रित रही कन्ट्रयाक्टर मिटको आयोजना गरेको जनाएको छ। सम्मेलनमा निर्माण कार्यमा प्राविधिक रुपमा संलग्न सम्पूर्ण ठेकेदारहरुलाई आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान प्रदान गर्ने तथा सिमेन्टको विशेषतासम्बन्धी जानकारी प्रदान गरिएको थियो।
कम्पनीका अनुसार सम्मेलनमा ५०० भन्दा बढी ठेकेदारहरुको सहभागिता रहेको थियो।

यसैबीच कम्पनीले नयाँ वर्ष २०७९ लक्षित ठेकेदार लक्षित हात खाली नजाने आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। यो उपहार योजना २०७८ फागुन १ गतेदेखि २०७९ बैशाख ३१ सम्म लागु हुने कम्पनीले जनाएको छ।उपहार योजनाअन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा विभिन्न आकर्षक उपहार हात पार्न सकिने कम्पनीले जनाएको छ। योजनाको अन्त्यमा गोला प्रथामार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाडौँ–पोखरा भ्रमण प्योकज पनि जित्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ६ हजार बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा सीजी ४३ इन्चको स्मार्ट एलईडी टीभी वा सियाओमी ११ लाइट एनई ५जी ८र१२८ जीबी १ थान जित्न सकिनेछ।५ हजार बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा सीजी ३२ इन्चको स्मार्ट एण्ड्रोइड सीजी ३२ बी वा सियाओमी रेडमी नोट १० प्रो १ थान पाइनेछ।
त्यस्तै २ हजार ५०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा सियाओमी रेडमी ९ सी ३२र६४ जीबी वा बाल्ट्र बीओटी ११२ ५० लिटर फोस्टर ओभन १ थान पाउन सकिनेछ।

एक हजार ५०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा बाल्ट्रा इन्फ्रारेड इन्डक्सन कुकर वा यासुदा वाईएस–२८ एससी २।८ लिटर राइस कुकर १ थान, ८०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा रेनकोट १ थान र ४०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा हट पट लञ्च बक्स १ थान पाउने उपहार योजना सार्वजनिक गरिएको छ।  

प्रतिक्रिया दिनुहोस