काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावप्रति असन्तुष्टि जनाएका छन्। उनले सार्वभौम सत्ता, स्वतन्त्रता र देशको हितमा आहात पुर्याउनका लागि रातारात संविधान मिचेर आएको बताएका छन् ।
उनले यो भ्रामक घोषणा भएको बताएका छन् । उनले यो सम्झौता महाकाली सम्झौता जस्तै भ्रामक भएको बताएका हुन् ।
आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले नेपालको संविधानको मर्म विपरित भएको बताएका हुन् ।
यसका साथै उनले एमसीसी माथि भएको सम्झौता पत्रलाई सम्झौता पत्र नभएर ठग पत्र भएको बताएका छन् ।
उनले यो सम्झौता नेपाली स्वाधिनताको लडाइमा कलंकको रुपमा स्थापित हुने दाबी समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा