काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताए ।मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाडौंवासीलाई उपलब्ध गराउने गरी सो खानेपानी आयोजनाको काममा तीब्रता दिइएको दावीसमेत गरे।
नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढि र पहिरोको कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर काठमाडौंबासीलाई उपलब्ध गराउन राष्ट्रको नाममै सम्बोधन गरेको स्मरण गराउँदै सो खानेपानीको व्यवस्थापनमा ढिलाई नहुने दोहोर्याए।
मन्त्री चौधरीले भने, ‘काठमाडौंबासीले खानेपानीको कुरा उठाईराखेको छ । भर्खरै हाम्रो नेपाल सरकारले पनि घोषणा गरिसकेको छ । हाम्रा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रको नाममा सम्बोधन गरिसकेका छन ।
मन्त्री चौंधरीले खानेपानी महशुल निर्धारण आयोग केहीदिन भित्रै गठन गर्ने घोषणा समेत गरे । केही वर्षदेखि सो आयोग रिक्त रहेको उल्लेख गर्दै उनले त्यसलाई पूर्णता दिन सरकारले प्रक्रिया अघि बढाईसकेको बताए।
मन्त्री चौधरीले सो आयोग अन्तरगत रहेर सरकारले आम नागरिकलाई अझै सर्वशुलभ ढंगले खानेपानीको व्यवस्था गर्न लागेको पनि बताए । उनले भने, ‘संविधान र नेपाल सरकारको दृष्टिकोणले हेर्दा पनि न्यूनतम शुल्कमा आम ग्राहकले खानेपानीको सेवा पाओस् भन्ने मेरो चाहना छ ।
साथै त्यो अनुसार कार्यक्रम बनाएर अगाडि बढनोस् । अव जहाँसम्म शुल्कको कुरोमा हामीले शुल्क निर्धारण आयोग धेरै वर्षदेखि रिक्त छ । त्यो शुल्क निधारण आयोग हामी गठन गर्नका लागि प्रक्रिया अगाडि बढाईसकेका छौं ।
अविलम्ब केही दिनमा त्यसले पूर्णता पाउनेछ । र, हामी तदनुरुप हाम्रो खानेपानी संस्थान मात्रै होईन, हाम्रो केयूकेल र खानेपानी विभाग अन्तरगतका जुन हाम्रो शाखाहरु छन । त्यसलाई शुल्क निर्धारण आयोग अन्तरगत नै सर्वशुलभ बनाउने विषयलाई अगाडि बढाउनेछौं ।’
मन्त्री चौधरीले ‘एक घर, एक घारा’ कार्यक्रमको सेवा विस्तार गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । हाल सो सेवा देशका विभिन्न २३ वटा सहरहरुमा संचालनमा आएको छ ।त्यसलाई देशभर विस्तार गर्न मन्त्री चौधरीले नेपाल खानेपानी संस्थान, खानेपानी विभागलाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी
किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन : मन्त्री चौधरी
महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छ: मन्त्री चौधरी
गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समिकरणसँग जोडिएर आयो : मन्त्री चौधरी
रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छु : मन्त्री चौधरी