काठमाडौं । माओवादी केन्द्र र एकीकृत समाजवादी संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न तयार बनेका छन्। सत्ता साझेदार दुवै दल यसअघि एमसीसीसम्बन्धी सरकारी प्रस्तावकै विरोधमा उभिएका थिए। उनीहरूले विपक्षमा मतदान गर्ने भनेका थिए।
दुवै दलका शीर्ष नेताले प्रतिनिधिसभाको आइतबारकै बैठकबाट एमसीसी अनुमोदन गर्न साथ दिने आश्वासन दिएको बालुवाटार स्रोतको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसबारे पार्टीबाटै निर्णय गर्न भनेका छन्। त्यसलगत्तै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान स्थायी कमिटी बैठक बोलाएका छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरूसँग छलफल थालेका छन्। प्रतिनिधिसभा बैठक आइतबार १ बजे बोलाइएको छ।
एमसीसी सैन्य रणनीति नभएको, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुने, लेखापरीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्नेलगायत विषयमा व्याख्यात्मक घोषणा गर्नुपर्ने प्रस्ताव उनीहरूले गरेका हुन्।
अमेरिकाले एमसीसी अनुमोदन गर्न फागुन १६ को समयसीमा दिएको छ। तर, सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले शनिबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका थिए। एमाले अध्यक्ष ओलीले आफ्ना माग पूरा हुनुपर्ने अडान नछाडेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। अग्नि सापकोटालाई सभामुखबाट हटाउनुपर्ने, पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने र गठबन्धन भत्काउनुपर्ने सर्त एमालेले राख्दै आएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १५ फागुन २०७८, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा
एमसीसीकाे पहिलाे ठेक्का भारतीय कम्पनीलाई, ३९ महिनाभित्र न्यु-बुटवल सबस्टेसन निर्माण हुने