प्रतिनिधिसभा बैठक बस्दै, एमसीसीमाथि छलफल

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, ०७ : ४३
प्रतिनिधिसभा बैठक बस्दै, एमसीसीमाथि छलफल

काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ ।

संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । 

‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ । 

यसअघि बिहीबार तय भएको बैठक स्थगित भएको थियो । बैठक स्थगित भएपछि नेताहरु छलफलमा जुटेका थिए । यो बीचमा काँग्रेस–एमाले तथा एमाले–माओवादीबीच पनि छलफल भएको छ । छलफलबाट काँथ्रे–एमाले नजिकिएका छन् ।

प्रतिक्रिया दिनुहोस