काठमाडौं। काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि दोस्रो पटक आवेदन माग गरिएको छ ।
उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले स्नातकोत्तर उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने गरी कार्यविधि संशोधन गरेर दोस्रो पटक आह्वान गरेको हो । छनोट समितिले आवेदनका लागि ७ दिनको समय दिइएको छ।
यसअघि १८ पुसमा पहिलो पटक आवेदन माग गरिएको थियो । तर, केयूकै मेडिकल डाक्टरहरूले आवेदन दिन नपाएपछि कार्यविधिमा परिमार्जन गरिएको हो । पहिलो पटक १७ जनाले उपकुलपतिका लागि आवेदन दिएकोमा १६ जनाको स्वीकृत भएको छ ।
स्वीकृत भएका १६ जनाको आवेदन यथावत रहने समितिले जनाएको छ ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आत्महत्या न्यूनीकरण गर्न गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयबिच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं विश्वविद्यालयका २ हजार ३१४ विद्यार्थी दीक्षित
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन
क्यान्सर’रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय
नेविसंघद्वारा ८ बुँदे माग सहित काठमाडौँ विश्वविद्यालयमा रिले अनसन