सत्ता गठबन्धन फुट्न सक्छ: रामचन्द्र पौडेल

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १६ : १२
सत्ता गठबन्धन फुट्न सक्छ: रामचन्द्र पौडेल

काठमाडौं  । नेपाली कांग्रेसका नेता एवं सत्तारुढ गठबन्धनको राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुट्न सक्ने संकेत गरेका छन् ।

बिहीबार गृह जिल्ला तनहुँ पुगेका पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) असफल पनि बनाउने र गठबन्धन पनि कायम राख्ने सपना नदेख्न सत्तासाझेदार दललाई चेतावनी दिएका छन् ।राष्ट्र विकासको महत्वपूर्ण बिषयमा साथ नदिएपछि गठबन्धनमा टाँसिएर बस्नुको औचित्य नभएको पौडेलको भनाइ छ ।

यस्तै, उनले एमसीसी संसदबाट अनुमोदन गराउन एमाले अध्यक्ष केपी शर्मा ओली भाग्न नमिल्ने पनि बताएका छन् । बरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा सर्मथन नजनाए पनि केपी ओली भने एमसीसीको पक्षमा रहनु पर्ने पौडेलको जोड छ ।

एमालेले एमसीसी संसदमा दर्ता गराएकोले अहिले अनुमोदन गर्ने बेला भाग्न नमिल्ने पौडेलले बताए ।