राप्रपाले एमसीसीको पक्षमा मतदान गर्दैन: राजेन्द्र लिङदेन

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १४ : ११
राप्रपाले एमसीसीको पक्षमा मतदान गर्दैन: राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् ।

संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले देश र जनतालाई विभाजित गर्ने सम्झौताको पक्षमा राप्रपा नउभिने बताए ।

‘हामी जनताको चाहनाविपरीत जाँदैनौं । राप्रपाले एमसीसीको पक्षमा मत दिदैन’, लिङदेनले भने ।

प्रतिक्रिया दिनुहोस