काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।
वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले एमसीसी संसदमा पेश भइसकेका कारण यो संसदको विशेषाधिकारमा पर्ने हुनाले दरपीठ गरिएको बताए ।
एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै अदालतमा रिट परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० फागुन २०७८, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने
प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
श्याम ज्ञवालीपछि एसएसपी श्रेष्ठसहित २१ प्रहरी अधिकृतले फिर्ता लिए मुद्दा
प्रहरीको ३० वर्षे सेवा अवधिबारे शुक्रबार सुनुवाइ हुने
तलबमान समायोजनसम्बन्धि परमादेशविरुद्ध सरकार पुनरावलोकनमा