काठमाडौँ । निरङ्कुश जहानियाँ राणा शासनबाट मुलुकलाई मुक्त गरिएको खुशियालीमा आज राजा त्रिभुवनलाई सम्झँदै देशभर उल्लासका साथ ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहँदा राष्ट्रका विभिन्न भागमा भवितव्य, आगलागी, सडक दुर्घटना, जुवातास खेल्नेजस्ता असामाजिक गतिविधि र आपराधिक घटना भएका समाचार प्राप्त भएका छन् ।
पर्सा, सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुर, मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ ठुलो खोल्सीस्थित सडक, सुनसरी, दुहबी नगरपालिका–८ कदमगाछी, मोरङको जहदा गाउँपालिका–६ पोखरिया, इलामको सूर्योदय नगरपालिका–३ तिनखुट्टेस्थित सडक र सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ मा भएका सडक दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ बितलबका १८ वर्षीय किशोरले आफ्नै ५२ वर्षीय बुवाको हत्या गरेको, उदयपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको, जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट १६ जना पक्राउ परेका, चितवनको खैरहनी नगरपालिका–१० लालटिन बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको, दक्षिणकाली नगरपालिका–८ केरावारीस्थित भीर, सूर्यविनायक नगरपालिका–९ नङ्खेल भाराली खोला, उदयपुर, ताप्ली गाउँपालिका–४ ज्यामिरेको बाटा, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका–७ सिस्टिङे, जुम्लाको चन्दननाथ नगरपालिका–६ छिना गाउँको एक खाल्डोमा रहस्यमय अवस्थामा पुरुषका शव भेटिएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनसरीको कोशी गाउँपालिका–७ यादवटोलमा शुक्रबार राति आगलागी तीनवटा घरमा आगलाली हुँदा करिब रु २४ लाख ३६ हजार बराबरको धनमाल नष्ट भएको मोरङ, विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् भने नक्कली सुनको गहना बेच्ने अर्का युवकलाई हिरासतमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ फागुन २०७८, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा गत वर्ष सडक दुर्घटनाबाट एक लाख ८० हजार जनाको मृत्यु
सडक दुर्घटना : कर्णालीमा एक सय १२ जनाको मृत्यु
अफगानिस्तानमा सडक दुर्घटना, ६ जनाको मृत्यु
फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु
पाकिस्तान नियन्त्रित काश्मिरमा सडक दुर्घटनामा १३ जनाको मृत्यु
मोटरसाइकल दुघर्टनामा परे चेक गणतन्त्रका राष्ट्रपति