काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेको छ । थप दरबन्दीसँगै एआईजीको संख्या आठ पुगेको छ ।
नेपाल प्रहरीमा एक वर्षभित्रै एआईजीको दरबन्दी तीनबाट बढाएर आठ पु¥याइएको हो । पछिल्लोपटक दरबन्दी थपका लागि संगठन व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गरेर गृह मन्त्रालयमा पठाइएको थियो । गृह मन्त्रालयले अघिल्लो सोमबार नै एआईजी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको भए पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले यो विषयमा निर्णय लिएको हो ।
थपिएको दरबन्दी मानव स्रोत एवं प्रशासन विभागलाई अलग गरेर एउटा, केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश समन्वय विभागमा रहने भएको छ ।
थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसीलगायत प्रतिस्पर्धी छन् ।
अर्याल, पन्त र कार्कीद्वय एआईजीमा बढुवा भए पनि ३० वर्षे सेवा हदका कारण उनीहरूले आगामी १८ वैशाखमै अवकाश पाउनेछन् । उनीहरू प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीका ब्याचका हुन् । यस्तै पछिल्लो ब्याचका सिंह, सुवेदी, लामा र धानुकलाई पनि प्रतिस्पर्धी मानिएको छ । यी चारमध्ये धानुकको नाममा अर्थमन्त्री जनार्दन शर्माले चर्काे लबिङ गरेको स्रोतको दाबी छ । यद्यपि, धानुकको नाममा गठबन्धनभित्रै चर्काे विरोध हुँदै आएको छ । राज्धानि दैनिक मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०६ फागुन २०७८, ०६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढुवा भएका दुई एआईजीको पदस्थापन
एआईजी केदार ढकाल अवकाशमा
डिआईजी राणा एआईजीमा बढुवा सिफारिस
सशस्त्र प्रहरीका एआईजीहरूको जिम्मेवारी हेरफेर
पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस
एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाही सिफारिस