जनक भट्टराई एआईजीमा बढुवा

सफल खबर संवाददाता

विहीबार, २२ फागुन २०८१, ११ : ५३
जनक भट्टराई एआईजीमा बढुवा

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै भट्टराईले एआईजीको दज्र्यानी चिन्ह पाउने भएका छन् ।

यसअघि ११ फागुनको बढुवा सिफारिस समितिले भट्टराईलाई एआईजीका लागि सिफारिस गरेको थियो । बुधबारको मन्त्रिपरिषद् निर्णयबाट एआईजी बढुवा भएका भट्टराईले आगामी ५ चैतसम्म मात्रै कार्यभार सम्हाल्न पाउने छन् । ५ चैतमा विद्यमान प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा जानेछन् ।

भट्टराईलाई एआईजी बनाउनकै लागि यसअघि सेवा अवधि बाँकी छँदै एआईजी रवीन्द्र केसीलाई राजीनामा दिन लगाइएको थियो । उनले २७ माघमा राजीनामा बुझाएका थिए । उनै केसीको राजीनामा स्वीकृत गर्दै अहिले भट्टराईलाई एआईजी बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस