काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकाल अवकाशमा गएका छन् । प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत ढकालले मङ्सिर २१ बाट अवकाश पाएका हुन् ।
उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर ढकाल अवकाशमा गएका हुन् । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएपछि अवकाशमा जान्छन् । नेपाल प्रहरीका अर्का एआईजी भिमप्रसाद ढकाल पनि यसै महिना अवकाशमा जाँदै छन् ।
२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका ढकाल मङ्सिर २७ मा अवकाश हुँदैछन् । ढकालले आईजीपी कुँवरसँगै नाम निकाले पनि ६ महिना ढिला नियुक्ति पाएका थिए ।
उपत्यका प्रहरी कार्यालयकी प्रमुख (एआईजी) किरण बज्राचार्य पनि अर्को महिना अवकाशमा जान लागेकी छन् । उनी पुस १५ मा अवकाशमा जाने प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए । उनी आईजीपी कुँवरसँगै प्रहरीमा प्रवेश गरेकी हुन् । बज्राचार्य पनि उमेर हदका कारण अवकाश हुन लागेकी हुन् ।
भीम ढकालको अवकाशसँगै प्रहरीमा दुई वटा एआईजीको दरबन्दी रिक्त हुनेछ । रिक्त दरबन्दीमा दुई जना डीआईजीलाई बढुवा गर्ने गरी प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ । प्रहरीका एक जना उच्च अधिकृत भन्छन्, ‘भीम ढकाल अवकाश हुनुभन्दा एक साताअघि बढुवा सिफारिस गर्न मिल्ने कानुनी व्यवस्था भएको हुनाले तत्काल बढुवा सिफारिस हुने सम्भावना देखिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढुवा भएका दुई एआईजीको पदस्थापन
डिआईजी राणा एआईजीमा बढुवा सिफारिस
सशस्त्र प्रहरीका एआईजीहरूको जिम्मेवारी हेरफेर
पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस
एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाही सिफारिस