उदयपुरमा चार सय केजी गाँजासहित तीन जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, १३ : १४
उदयपुरमा चार सय केजी गाँजासहित तीन जना पक्राउ

उदयपुर। बेलका नगरपलिका–८ सिरुवानीस्थित सडकबाट प्रहरीले करिब चार सय केजी अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई लगायत ३ जनालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको हो । 

उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाँ समेत बरामद गरेको छ । बेलका नगरपलिका–८ मा गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो । 

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को.१ ज २७६१ नम्बरको महेन्द्र पिकअप गाडी जाँच गर्ने क्रममा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा र गाडीका चालक राई समेत ३ जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।