एजेन्सी । अष्ट्रेलियाले श्रीलंकाविरुद्धको टी-२० क्रिकेट शृंखला दुई खेल अगाबै जितेको छ । तेस्रो खेलमा श्रीलंकालाई ६ विकेटले हराउदै अष्ट्रेलियाले पाँच खेलको शृंखलामा ३-० ले कब्जा जमाएको हो ।
घरेलु मैदानमा १२२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले ३९ रन, कप्तान आरोन फिन्चले ३५, तथा जोश इन्लिसले २१ रनको योगदान दिए ।
यसअघि टस हातेर ब्याटिङ निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो । श्रीलंकाका लागि कप्तान डसुन सनकाले अविजित ३९, दिनेश चन्डिमालले २५ तथा पाथुम निशन्काले १६ रनको योगदान गरे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ फागुन २०७८, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप खेलेर स्वदेश फर्कियो राष्ट्रिय महिला क्रिकेट टिम
टी-२० अलराउन्डरको विश्व वरियताको छैटौँ नम्बरमा उक्लिए दीपेन्द्र सिंह ऐरी
२४ बलमा ३३ रन बनाउँदै आउट भए कप्तान रोहित