एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई किन हटाउन खोजे महेस बस्नेतले ?

सफल खबर संवाददाता

आइतबार, ०१ फागुन २०७८, २० : १५
एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई किन हटाउन खोजे महेस बस्नेतले ?

काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन् । नेता अधिकारीमाथि संगठन विभाग चलाउन अयोग्य रहेको आरोप लगाउँदै उक्त जिम्मेवारीबाट मुक्त गर्नुपर्ने नेता बस्नेतले माग गरेका हुन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् उनले पार्टी नेतृत्वसँग यस्तो माग गरेका हुन् । पार्टीको सचिवालय बैठकले जन संगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाएको भन्दै अधिकारीप्रति बस्नेतले आक्रोश पोखेका छन् ।

अधिकारीलाई सम्बोधन गर्दै उनले फेसबुकमार्फत् सोधेका छन्, ‘पार्टीको सचिवालयको बैठकले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ? युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ? संगठनको इन्चार्ज, अध्यक्ष समेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ? एमाले विरुद्ध चौतर्फी आक्रमण भइरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हाबी हुने र विरोधीहरूको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?

बस्नेतले अधिकारीलाई संगठन विभाग चलाउन अयोग्यको आरोप लगाउँदै जिम्मेवारीबाट हटाउनुपर्ने माग गरेका हुन् । उनले भनेका छन्, ‘छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाईँ संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन। तसर्थ खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस