काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता खारेजी र उक्त पार्टीका १४ सांसदलाई पदमुक्त गराउन माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ ।
सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक नेकपा एमालेका अध्यक्ष केपी ओली हुन् । उनले गत १७ भदौमा रिट दायर गरेका हुन् ।
९ भदौमा निर्वाचन आयोगले नेपाल नेतृत्वमा दल दर्ता गरेपछि ओली सर्वोच्च पुगेका हुन् । उनले रिटमार्फत् एकीकृत समाजवादी पार्टीको दर्ता खारेजी गर्न माग गरेका छन् । एमालेले कारबाही गरेका सांसदहरूलाई पनि पदमुक्त गर्नुपर्ने उनको माग छ । रिटमा निर्वाचन आयोग विपक्षी रहेको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता खारेजी र उक्त पार्टीका १४ सांसदलाई पदमुक्त गराउन माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ ।सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक नेकपा एमालेका अध्यक्ष केपी ओली हुन् । उनले गत १७ भदौमा रिट दायर गरेका हुन् ।
९ भदौमा निर्वाचन आयोगले नेपाल नेतृत्वमा दल दर्ता गरेपछि ओली सर्वोच्च पुगेका हुन् । उनले रिटमार्फत् एकीकृत समाजवादी पार्टीको दर्ता खारेजी गर्न माग गरेका छन् । एमालेले कारबाही गरेका सांसदहरूलाई पनि पदमुक्त गर्नुपर्ने उनको माग छ । रिटमा निर्वाचन आयोग विपक्षी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
सरकारले भ्रष्टाचार नियन्त्रण होइन भ्रष्टाचारीहरूलाई संरक्षण गरेको छ : एकीकृत समाजवादी
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन