बिजुलीको पोलबाट खसेर प्रधिकरणका कर्मचारीको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, १३ : ३०
बिजुलीको पोलबाट खसेर प्रधिकरणका कर्मचारीको मृत्यु

ताप्लेजुङ । बिजुलीकाे पोलमा चढेर बिजुली मर्मत गर्ने क्रममा झरेर नेपाल विद्युत प्राविधिकरण ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका-४ क्याम्पस लाइन निवासी ४८ वर्षीय सूर्यप्रकाश लिम्बूको पाेलबाट खसेर साेमबार मृत्यु भएको हो ।

पोलबाट भुइँमा बजारिएर घाइते भइ ताप्लेजुङ जिल्ला अस्पताल लगेकाे र अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बाल नरसिंह राणाले बताए ।

विरेन्द्र चाेक नजिक पोलमा चढेर बिजुली बनाइरहेको अवस्थामा भुईमा बजारिएपछि केदेमको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालयले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस