काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा भएका विकास निर्माण, नियुक्ति र भाडामा व्यापक अनियमितता भएको पाइएको छ।
राष्ट्रिय सतर्कता केन्द्रले १६ वटा कार्यदेश बनाएर गरेको छानबिनका क्रममा प्रत्येक विषयमा अनियमितता भेटिएको हो। सार्वजनिक छानबिन प्रतिवेदनअनुसार धर्मशाला सञ्चालनदेखि बाटोमा ढुंगा छाप्ने र सरसफाइ गर्न दिनेसम्मका कार्य नियमविपरीत छन्।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट स्वीकृत नभई धर्मशाला सञ्चालन गरिएको सतर्कता केन्द्रले जनाएको छ। सञ्चालनको ‘लिज आउट’ सम्बन्धी कार्यविधि संलग्न भए पनि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट स्वीकृति लिनुपर्ने प्रावधानविपरीत कार्य गरेको प्रतिवेदनमा उल्लेख छ ।
पशुपति क्षेत्र विकास कोष ऐन २०४४ को दफा १० मा पशुपतिनाथाको जग्गा, ती जग्गामा निर्माण भएका भौतिक संरचनाको भाडा निर्धारण गर्ने अधिकार पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्लाई दिएको छ। तर, पशुपति धर्मशाला भाडामा दिँदा कोष सञ्चालक परिषद्बाट स्वीकृति नलिएको अनुसन्धानका क्रममा भेटिएको छ।
गौशाला प्रहरी कार्यालयदेखि पशुपतितर्फ जाने मार्गमा ढुंगा छाप्ने कामको ठेक्का नियमविपरीत दिनेदेखि तोकिएको समयमा पनि निर्माण सम्पन्न नगरेको सतर्कता केन्द्रले औंल्याएको छ।
एक वर्षमा काम सम्पन्न गर्नुपर्ने, ढुंगा ४ इन्चको राख्ने, फुटपाथ निर्माण गर्ने र फूलका क्यारीहरू निर्माण गर्नेसम्मको काम ठेक्कामा दिइएको थियो। तर, यी कुनै पनि काम तोकिएको मापदण्डमा तयार नभएको भेटिएको छ। अन्नपुर्ण पोस्ट मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २० माघ २०७८, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
बाढीपछि पशुपति क्षेत्रमा सरसफाइ
पशुपति क्षेत्रभित्र मासु र मदिरा बेचबिखनमा प्रतिबन्ध
पशुपतिको कोटिहोमको अन्तिम दिन तनाव
पशुपति दर्शनका लागि पुगे भारतीय विदेश सचिव
पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने