एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, १९ माघ २०७८, ०८ : १०
एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बुधबारका लागि बोलाइएको छ । केन्द्रीय पार्टी कार्यालयका अनुसार दिउँसो १ बजेका लागि भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो । 

बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ ।