नेपालले मोरिसससँग आज दोस्रो मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै

सफल खबर संवाददाता

मंगलबार, १८ माघ २०७८, ०९ : २८
नेपालले मोरिसससँग आज दोस्रो मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपालले मोरिसससँग (आज) मंगलबार दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ। गएको शनिबार भएको पहिलो खेलमा बिमल घर्तीमगरको गोलमा जित निकालेको नेपालले मंगलबार फेरि मोरिसससँग खेल्न लागेको हो ।

मंगलबार प्रतिस्पर्धा गर्ने नेपाली टोली शनिबार भन्दा फरक हुनेछ । खेल बेलुका पौने पाँच बजे त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुनेछ ।

नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले मंगलबारको खेलका लागि यसअघि घोषणा गरेको टोलीमा दुई खेलाडी परिवर्तन गरेका छन् । अनन्त तामाङ र प्रशान्त अवस्थीको स्थानमा उनले दर्शन गुरुङ र मनिष डाँगीलाई राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस