कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

आइतबार, १६ माघ २०७८, ०७ : ५४
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको वल तथा मौसम पूवार्ननुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान तराईमा हुसु र कुहिरो लागेको छ । 

यस्तै दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।  

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी भूभागका एक९दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी  दिएको छ ।

प्रतिक्रिया दिनुहोस