कोरोना अपडेट: थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, १६ : ४६
कोरोना अपडेट: थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ जना र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५८६ जना गरी ४९०४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ५ हजार ९२४ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६९७ छ ।

प्रतिक्रिया दिनुहोस