एजेन्सी । मंगलबार तीन वटा मध्य एसियाली मुलुकहरूमा एकैचोटी बिजुली गएको छ। समाचार संस्था रोयटर्सका अनुसार उज्बेकस्तान, कजाखस्तान र किर्गिजस्तानका विभिन्न सहरमा मंगलबार बिजुली अवरूद्ध भएको हो।
पूर्वसोभियत युनियनका सदस्य यी तीन मुलुकको विद्युत प्रणाली आपसमा जोडिएको छ। कजाखस्तान हुँदै बिजुलीको लाइन रूससँग मिसिएको छ। आफ्नो देशको बिजुलीले नपुगेका बेला यी मुलुकले रूसबाट बिजुली ल्याउने गरेका छन्।
मंगलबार उत्तरी कजाखस्तानमा लाइन अचानक असन्तुलित भएपछि विद्युत प्रसारण अवरूद्ध भएको थियो।
बिजुली अवरूद्ध भएपछि किर्गिजस्तान र उज्बेकस्तानले पावर प्लान्टहरू चलाएर बिजुली आपूर्ति गर्ने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ माघ २०७८, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक
तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
दुई महिनामा साढे ७ अर्बको बिजुली भारत निर्यात
नेपालको बिजुली बंगलादेश निर्यातको तयारी, सम्झौतामा आज हस्ताक्षर
गोसाईकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
बिजुली पुगेपछि पटुकेबासी खुसी