कोरोना भएपछि विदेशमा खेल्न जानबाट बञ्चित

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, ०७ : ५३
कोरोना भएपछि विदेशमा खेल्न जानबाट बञ्चित

काठमाडौं । अन्तिम समयमा कोरोना संक्रमण पुष्टि भएपछि बक्सिङ खेलाडी शुष्मा तामाङ प्रतियोगिता खेल्न विदेश जानबाट रोकिएकी छन् । 

एशियन वक्सिङ्ग कन्फेडेरेशनको निमन्त्रणा एवं उजवेकिस्तान बक्सिङ्ग संघको आयोजनामा यहि जनवरी २० देखि ३० सम्म तास्कन्त शहरमा शुरु हुन लागेको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा उनी सहभागी हुने निश्चित भएपनि कोरोना पुष्टि भएपछि जानबाट रोकिएकी हुन् । 

उडान पूर्व बुधबार राति पीसीआर परिक्षणमा उनलाई कोभिड– १९ पोजेटिभ भएको थियो । त्यसपछि उनी तास्कन्ट प्रस्थान गर्न पाईनन्  । जसको कारण उक्त प्रतियोगितामा नेपालको सहभागीता नरहेको नेपाल बक्सिङ संघको विज्ञप्तिमा  उल्लेख छ । 

खेलाडी सुस्माको स्वास्थ सामान्य रहेको र उनीमा कोभिड –१९ को कुनै पनि लक्षण नदेखिएको संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस