प्रधानमन्त्रीको निर्देशन पछि घट्यो पीसीआरको शुल्क

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १९ : १९
प्रधानमन्त्रीको निर्देशन पछि घट्यो पीसीआरको शुल्क

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि पीसीआर परिक्षणको शुल्क घटाइएको छ ।  

प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्य मन्त्री र स्वासथ्य सचिवलाई निजि अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढि भएको भन्दै घटाउन निर्देशन गरेका थिए । सोही निर्देशन अनुसार आज स्वास्थ्य मन्त्रालयले पीसीआर परिक्षणको शुल्क घटाएको छ । 

अव सरकारी अस्पतालमा भर्ना भएको विरामीको निशुल्क पीसीआर परिक्षण हुने र परिक्षणमात्रै गर्नेलाई ८ सयभन्दा बढि लिन नपाउने निर्णय भएको छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परिक्षणको एक हजार रुपैया शुल्क लाग्दै आएको थियो । 

त्यसैगरी निजि अस्पताल तथा ल्याबहरुले १५ सयभन्दा बढि शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ । यसअघि निजितर्फ पीसीआर परिक्षणको शुल्क २ हजार रुपैया थियो ।

प्रतिक्रिया दिनुहोस