एजेन्सी । अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश न्यू साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका छन् । अस्ट्रेलियामा कोभिडबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।
यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो । पछिल्लो एक सातामा अस्ट्रेलियामा कोभिडबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ ।
यो अस्ट्रेलियामा कोभिड फैलिएपछि कूल मृत्यु हुनेको १३ प्रतिशत हो । न्यू साउद वेल्समा मंगलबार एकै दिन २९ हजार ८३० जनामा संक्रमण देखिएको छ । अस्ट्रेलियाका अधिकांश अस्पताल कोभिड बिरामीले भरिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०४ माघ २०७८, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश
भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा
योट दौडको क्रममा अस्ट्रेलियामा दुई जनाको मृत्यु
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
अस्ट्रेलियाको मेलबर्नमा आगलागीमा परेर नेपाली युवाको मृत्यु