चितवन । सञ्जय चौधरीको दुई गोलको मद्तमा सौराहा युवा समाजले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा कमब्याक जित हात पारेको छ ।
आज (सोमबार) भएको पहिलो खेलमा सौराहाले बिएफसीविरुद्ध ३-२ को कमब्याक जित हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन सञ्जयले दुईसँगै सुरज पन्तले एक गोल गरे । बिएफसीका राजन गुरुङ र राज भुसालले एक-एक गोल गरे ।
खेलमा अग्रता भने बिएफसीले अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा नै राजनले गोल गर्दै बिएफसीलाई अग्रता दिलाएका थिए । लगत्तै छैटौं मिनेटमा राजले बिएफसीलाई दोहोरो अग्रता दिलाए ।
दुई गोलले पछि परेको सौराहा पहिलो हाफमा नै खेलमा फर्कियो । २९ औं मिनेटमा सञ्जयले गोल गर्दै सौराहालाई खेलमा फर्काउने संकेत गरे । लगत्तै ३३ औं मिनेटमा सञ्जयले ब्यक्तिगत दोस्रो गोल गर्दै खेलमा बराबरी गरे ।
दोस्रो हाफमा सौराहाले थप एक गोल गर्यो । ६६ औं मिनेटमा सुरजले कर्नरमा सुन्दर हेड गोल गर्दै सौराहालाई कमब्याक जित दिलाए । खेलको म्यान अफ दि म्याच सौराहाका सञ्जय चुनिए । यो हारसँगै बिएफसीको अपराजित यात्रामा टुङ्गिएको छ । बिएफसी यस अघिका चार खेलमा अपराजित थियो ।
जितसँगै समूह ए मा रहेको सौराहाले ५ खेलबाट ९ अंक बनाएको छ। सौराहा तालिकाको दोस्रो स्थानमा यथावत छ । समान खेल खेलेको भरतपुर १२ अंकका साथ पहिलो स्थानमा छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ माघ २०७८, १६ : ३०
लेखकबाट थप