एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाका बीचमा छलफल भएको छ ।भर्चुअल माध्यमबाट भएको छलफल कोरोनाभाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रीत भएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि दुई पक्षीय हित, साझा सरोकार र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा उनीहरुले छलफल गरेकाे जनाएको छ । त्यसैगरी जलवायु परिवर्तन र नयाँ नयाँ प्रविधिका बारेमा समेत उहाँहरुका बीचमा छलफल भएको ह्वाइट हाउसद्धारा जारी वक्तव्यमा जनाइएको छ ।
“बैठकमा विषेश गरेर अमेरिका र जापानको सम्वन्ध, सहकार्य, शान्ति र सुरक्षा, इन्डो प्यासेफिक क्षेत्रको स्थिरतालगायका बारेमा छलफल भएको छ,” वक्तव्यमा लेखिएको छ ।वाइडेन र किशिदाका बीचमा भौतिक भेट भने कोप२६ शिखर सम्मेलनको सिलसिलामा स्कटल्याण्डमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०३ माघ २०७८, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको ट्रम्पको घोषणा
प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी
इजरायलले इरानलाई आक्रमण गरेमा सबैखाले साथ दिने अमेरिकाको भनाई
अमेरिकी राष्ट्रपतिले भने- ‘विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ’