कुटपिट गरी हत्या

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १३ : ४३
कुटपिट गरी हत्या

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका-१ बुम्रे का ५२ बर्षीय दानु शेर्पाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ बर्षीय वाङदी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

वाङदीले आइतबार राति दाउराले टाउकोमा प्रहार गरी दानुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले वाङदीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस