रुकुम पश्चिम जाँदै गरेको गाडी ब्रेकफेल हुँदा १६ जना घाइते

सफल खबर संवाददाता

विहीबार, २४ असोज २०८१, १० : २५
रुकुम पश्चिम जाँदै गरेको गाडी ब्रेकफेल हुँदा १६ जना घाइते

सुर्खेत । नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार लु २ ख ५००२ नम्बरको गाडी ब्रेक फेल भई सल्यानको कुमाख गाउँपालिका–३ स्थित चौरजहारी सडकमा भित्तामा ठोक्किन पुगेको हो ।

गाडीमा २० जना सवार रहेको प्रहरी निरीक्षक रमेश खत्रीले बताए । उनका अनुसार घाइते १६ जनामध्ये ४ जनाको अवस्था मध्यम र अन्य १२ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम पश्चिम पठाइएको छ । 

दुर्घटनापछि चालक सल्यान कुमाख ३ बस्ने २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस