काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ९६५ र एन्टिजेन विधिबाट २ हजार ४६४ जनामा परिक्षण गर्दा १ हजार ४४६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ ।
यस्तै, आज थप २५५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६०६ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
चितवनमा १० महिनापछि देखियो कोरोना
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो