पोखरा । स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ । कालिखर्क जंगलमा २० पुस राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका(१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको हो ।
भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनापछि फरार भएका ६ जनालाई आइतबार पक्राउ गरिएको छ ।
आँधिखोलाका भीमबहादुर सुनार, सोही ठाउँकै सुनिल विक, रेवत पौडेल र धनबहादुर विक समातिएका छन् । सोही ठाउँका गोविन्द अधिकारी र साजन कामीलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनीहरुलाई कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गोली चल्यो, एक महिलाको हत्या
अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु
अमेरिकामा नेपाली युवतीलाई गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक
डोटीमा गोली लागेर एक जनाको मृत्यु
महोत्तरीमा गोली चल्यो, एक युवक घाइते
कोहलपुरमा गोली चल्यो, लागु औषध कारोबारी पक्राउ