एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेटसम्म फ्लाईओभरमा फँसेका छन् । सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री मोदी पन्जाब प्रान्तको एउटा फ्लाईओभरमा फँसेका हुन् । मोदी फँसेको घटनालाई सुरक्षामा गम्भीर कम्जोरी बताइएको छ ।
प्रधानमन्त्री मोदी एउटा स्मारकतर्फ जाने क्रममा प्रदर्शनकारी किसानहरुले उनको बाटो रोकेका थिए । केही साताअघि किसान आन्दोलनमा जथाभावी गाडी चलाएर किसानको हत्या गर्ने गृहमन्त्रीका छोरा र गृहमन्त्रीलाई कारबाहीको माग गर्दै किसानहरुले प्रदर्शन गरेका थिए । गृहमन्त्री अजय मिश्रलाई तत्कालै पदमुक्त गर्न किसानहरुले माग गरेका थिए ।
उत्तर प्रदेशमा किसानहरुको आन्दोलनमा अजय मिश्रका छोरा आशिष मिश्रले जथाभावी चलाउँदा चार जना मारिएका थिए । अजयले सुनियोजित ढंगले किसानको हत्या गरेको किसानसँग सम्बन्धित विभिन्न संघ संगठनले बताउँदै आएका छन् ।
‘यो प्रधानमन्त्रीको सुरक्षामा एउटा गम्भीर कमोजरी हो,’ गृह मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । प्रधानमन्त्री मोदीले फेरोजपुर सहरमा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । कमजोर सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको गाडी विमानस्थल फर्काइएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ पुस २०७८, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदीले दिए ट्रम्पलाई बधाई
मोदी र बाइडेनबीच भेटवार्ता
मोदी र बाइडेनबीच टेलिफोन कुराकानी
मोदी र जेलेस्न्कीबीच भेटवार्ता
आज मोदी युद्धग्रस्त युक्रेन जादै
मोदीले अगस्ट २३ मा युक्रेनको भ्रमण गर्ने