काठमाडौं । प्रधानमन्त्री केपी ओली यतिबेला थाइल्याण्डमा छन् । उनको यो भ्रमणको दुईवटा मक्सद छन् । पहिलो, थाइल्याण्डको औपचारिक भ्रमण । दोस्रो, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागीता ।
यही दुवै मेसो एकै चरणमा पूरा गर्ने गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार थाइल्याण्ड पुगेको छ । आज त्यहाँ प्रधानमन्त्री ओलीले थाइ समकक्षी पेतोङत्रान सिनावात्राबीच भेटवार्ता गदैछन् ।
थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावात्राले आयोजना गरेको स्वागत समारोहमा सहभागी भईसकेका छन् ।
नेपालले थाइल्याण्डसग कुटनीतिक सम्वन्ध कायम गरेको पैसाठी बर्षपछि नेपालको प्रधानमन्त्रीको तहमा ओलीको यो औपचारिक भ्रमण भएको हो । भ्रमणका क्रममा थाइल्यान्ड र नेपालविच पर्यटन सस्कृतिको सन्दर्भमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ । यसका आलावा दुई देशका प्रधानमन्त्रीको उपस्थितीमै गरैसरकारी क्षेत्रका अन्य ६ वटा समझदारीपत्रमा समेत हस्ताक्षर हुने बताइएको छ ।
यो त भयो ओलीको थाइल्याण्न्डको भ्रमणभित्रको एउटा मक्सदका कुरा । उनको भ्रमणको अर्काे मक्सद भनेको बिमस्टेकको सम्मेलनमा सहभागिता जनाउनु हो । २२ चैतबाट विमस्टेक शिखर सम्मेलन थाइल्यान्डमै आयोजना हुँदैछ । उक्त शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सहभागिता जनाउनेछन् । त्यहाँ भारत लगायतका देशका सरकार प्रमुखहरुको सहभागिता हुँदैछ ।
ओलीको भ्रमणका प्रष्ट खुलेका यी दुई मक्सदबाहेक अर्काे भित्री सवैभन्दा ठूलो मिसन भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट गर्नु रहेको छ । प्रधानमन्त्री ओली गत असार अन्तिम साता प्रधानमन्त्री भएयता अहिलेसम्म उनले आफुले चाहाना राख्दा पनि छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्न पाएका छैनन ।
उनी आफनो भारत भ्रमणका लागि अनेक तरहले प्रयासरत छन् । प्रधानमन्त्री भएयता ओलीको मोदीसँग भेटै नभएको भने होइन । तर भेटवार्ता सौहार्द हुन सकिरहेको छैन । थाइल्यान्डको बैंककमा मोदीसँग ओलीको भेट बहुपक्षीय मञ्चमा दोस्रो भेटघाट हुनेछ। यसअघि ओली-मोदी दुवैले गत असोजमा न्यूयोर्कमा साइडलाइन वार्ता केही समयका लागि भएको थियो ।
उक्त भेट पनि भेटनका लागि मात्र भएको जस्तो भएको थियो । तर ओली अहिले बैंककमा मोदीसँगको भेटलाई सहजतामा लैजान चाहिरहेका छन् । तर त्यो सम्भाबना के कति रहन्छ ? अहिले नै भन्न सकिने अवस्था भने देखिएको छैन । नेपालमा हिन्दु राज्य र राजतन्त्र पूर्नस्थापनाको माग राखेर आन्दोलन बढ्न थालेको र त्यसमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत जोडिएपछि झन् सम्वन्धमा खटपट देखिन खोजेको छ ।
यधपी, थाइल्यान्डमा पुगेका प्रधानमन्त्री ओलीका प्रतिनिधिमण्डलका सदस्यहरुले भने शुक्रबार मोदीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुने जिकिर गरिरहेका छन् । साइडलाइन बार्ता शुक्रवार मोदी र प्रधानमन्त्री ओलीका बीचमा आधाघण्टका लागि हुने गरी तालिका मिलिसकेको दावी नेपाली प्रतिनिधिमण्डलले गरेको छ ।
शुक्रबार स्थानीय समयअनुसार साँझ ४ बजे आधा घण्टाको लागि मोदी र ओलीको भेटघाट हुने गरी कार्यक्रम रहेको उनीहरुको भनाई छ । न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघ महासभाको ७९ औं सत्रको क्रममा उनीहरूको अघिल्लो भेटघाट सौहार्द वातावरणमा हुन सकेको थिएन ।
नेपाली प्रतिनिधिमण्डलले शुक्रबारको भेटपछि भने ओलीको भारत भ्रमण हुनसक्ने आशा राखेको छ । यधपी त्यहाँ भेटवार्ता हुने नहुने र भेटले लिने मोड के हुने अहिले नै भन्न सकिने अवस्था भने देखिएको छैन ।
तनावपूर्ण राजनीतिक सम्बन्धका कारण न त ओलीले भारतको भ्रमण सुनिश्चित गर्न सकेका छन् न त भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको व्यवस्था गर्न सकेका छन्। गत वर्ष भदौंमा मोदीसँगको भेटघाटमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। तर दुई भ्रमणहरू ( ओलीको भारत भ्रमण र मोदीको नेपाल भ्रमण ) दुवै साकार भएका छैनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० चैत्र २०८१, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी
मोदीले मधुवनीको भ्रमण गर्ने भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ
कतारका अमिर भारतमा, प्रधानमन्त्री मोदी आफैं स्वागत गर्न विमानस्थल पुगे
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका आरोपी राणा भारत सुपुर्दगी गरिने
भारतीय प्रधानमन्त्री मोदीले दिए ट्रम्पलाई बधाई