देउवा सरकारको स्वार्थी निर्णय, कार्यकर्ताहरुबीच ब्याटल सुरु

बुधबार, १९ बैशाख २०७५, १२ : २१
देउवा सरकारको स्वार्थी निर्णय, कार्यकर्ताहरुबीच ब्याटल सुरु

चितवन । परिवार नियोजन सघंलाई शेर बहादुर देउवा सरकारले बिघटन गरेपछि कार्यकर्ताहरु बिच जुहारी शुरु भएको छ । देउवाले आफ्ना केहि खास मान्छेको कानेखुसीमा ०७४ साल माघ २७ गते सरकारसगँ समन्यव नगरेको भन्दै देशभरका परिवार नियोजन सघंलाई विघटन गरेका थिए । यद्यपी तत्कालिन कार्यसमितिको म्याद चैत्र महिना मात्रै सकिदै थियो । देशभरको समिति भङग गरेपछि देशव्यापी निर्वाचनको घोषणा गरेपनि जिल्लामा नयाँ कार्य समिति चयन गर्नु अघि नै नयाँ तर्दथ समिति र पुरानो कार्यसमिति बिच विवाद चुलिएको छ ।

अहिले यसको प्रत्यक्ष असर चितवनमा देखिएको छ । तर्दथ समितिले ०७४ चैत्र ७ गते निर्वाचन गरेर ७ सदस्यीय कार्यसमिति गठन गरिसक्नुपर्ने भएपनि देउवा निकटका खास मानिनेहरुले निर्वाचन पराजित हुने आशंकामा सघंका आजिवन सदस्यलाई विभिन्न बहान झिकेर साधारण सदस्य समेत नरहने गरि हटाउएका छन् । चैत ७ गते केशवप्रकाश जोशी संयोजकत्व रहने गरी ७ सदस्यीय तदर्थ समिति बनेको थियो ।
आफुलाई भोट नआउने भएपछि अधिकार बाहिर गएर तर्दथ समितिले विद्यान विपरित गरिविधि गर्दै आई रहेको सघंका तत्कालिन अध्यक्ष रामहरि न्यौपानेको आरोप छ ।  विद्यानमा दुई तिहाई बहुमत प्राप्त गरेर केन्द्रिय सभाबाट मात्रै सदस्यहरुलाई हटाउन सकिने व्यवस्था गरिएको छ । त्यस्तै चुनावमा भाग लिन एक बर्ष अघि नै सदस्यता लिएको हुनुपर्ने भएपनि आफु निकटका मान्छेहरुलाई सदस्यता दिने कार्य भई रहेको खुल्न आएको छ । समितिमा संघको सदस्यता नलिएका दुई जना रहेका छन । यसै गरि निवर्तमान समितिमा सभापतिमा पराजीत डा राजेन्द्र बहादुर श्रेष्ठ र महिला सदस्यामा पराजित छाया श्रेष्ठ पनि रहेकी छिन् ।


चितवनमा ६ सय ७४ सदस्य मध्ये १ सय ९३ साधरण सदस्य र बाँकी आजीवन सदस्य रहेका छन् । तर्दथ समितिले यही बैशाख १२ गते २ सय २० जनाको सदस्यता खारेज गर्ने निर्णय भएको खुल्न आएको छ ।सघंमा कांग्रेस बाहेक अन्य दलको पनि सहभागिता हुने भएपनि कांग्रेस निकट संस्थाको रुपमा चल्दै आई रहेकोछ ।

देउवाका दाहिने हात मानिने अहिलेका केन्द्रिय सदस्य सुवास प्रधानको डिजाईनमा चितवनमा यस्ता हर्कतहरु अघि बढिरहेका छन् । उनले रचेको डिजाईमा परिवार नियोजन सघं चितवनमा कांग्रेसकै कार्यकर्ता बिच तिक्तता सुरु भएको छ । सघंका सदस्य सुवास प्रधानलाई परिवार नियोजन महासघं आईपिपिएफले भष्ट्रचार गरेको भनी सन् २०११ सालमा बर्खास्त गरेको थियो । अहिले यीनै प्रधानको ईशरामा देउवाले जिल्ला तहका कार्यकर्ता बिच जुहारी खेलाई दिएका छन् ।
परिवार नियोजन सघंमा अब बन्न लागेको नयाँ कार्यसमितिको लागि आकांक्षी देखिएका बिच नै गलीगलौज भएपनि प्र्र्रहरीमा मुद्धा पनि दर्ता भएको छ ।

संयोजक केशव प्रकाश जोशीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । सामाजिक सञ्जाल फेसबुकमा फेसबुकमा मानहानीसहित गालीगलौज गरेपछि उनीविरुद्ध उजुरी परेको हो । जोशीले समितिका सदस्य कृष्णराज न्यौपानेलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेपछि न्यौपानेले जोशीविरुद्ध उजुरी गरेका हुन् । तर्थत समितिका कृष्णराज न्यौपानले ‘लभ्ली’ र धर्मराज न्यौपानेलाई बैठकमा नबोलाई एकपक्षिय निर्णय गरेपछि लव्लीले विधान विपरित सदस्यता खारेज नगर्न भन्दै विरोध गरेका थिए । जोशीविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस