हेटौंडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक सञ्चालनमा

सफल खबर संवाददाता

बुधबार, ०९ असोज २०८१, ११ : ५२
हेटौंडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक सञ्चालनमा

हेटौंडा। हेटौंडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन गरिएको छ । उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले यही असोज ८ देखि १९ गतेसम्म सवारी आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो ।

निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस