प्रचण्डको राजनीतिक प्रस्तावमाथि आजदेखि छलफल

सफल खबर संवाददाता

मंगलबार, १३ पुस २०७८, ०७ : ४५
प्रचण्डको राजनीतिक प्रस्तावमाथि आजदेखि छलफल

काठमाडौं । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीतिक प्रस्तावमाथि आज  मंगलबारदेखि छलफल हुँदैछ । त्यसका लागि माओवादी केन्द्रले बन्त्रसत्रमा सोमबार २५ वटा समूह बनाएको थियो । 

 प्रचण्डको प्रतिवेदनमाथि मंगलवार सामूहिक छलफल गर्ने र बुधवार बन्दसत्रमा छलफलको निष्कर्ष पेश गर्ने कार्यक्रम छ । छलफलको लागि प्रज्ञा प्रतिष्ठानका हल, माओवादी पार्टी कार्यालय पेरिसडाँडा, ए वान पार्टी प्यालेस, क्वालिटी ब्याङ्क्वेट र बानेश्वर ब्याङ्क्वेट तोकिएको छ । 

सोमवारको बैठकमा प्रतिवेदन पेश गर्दै प्रचण्डले समाजवादी क्रान्तिको लागि नयाँ विचार निर्माण गर्नुपर्ने बताएका थिए ।