काठमाडौँ । नेपाली काँग्रेसले १६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार विज्ञप्ति जारी गरी १६ जिल्लामा २७ गते अधिवेशन गर्ने जनाएको हो । महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी थियो ।
प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन रोकिएको थियो । गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन । यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ पुस २०७८, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई काँग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण
कांग्रेसको थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७८ सदस्य मनोनीत
काँग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन
कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै
कांग्रेसले डाक्यो संसदीय दलको बैठक
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका १५ निर्णय यस्ता छन् (सूचीसहित)